नियम २८
इजाजतपत्र दिनुपर्ने
(१) नियम २७ बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा विभाग वा कार्यालयले पन्ध्र दिनभित्र अनुसूची–८ बमोजिमको इजाजतपत्र दस्तुर र सोही अनुसूचीमा उल्लेख भए बराबरको धरौटी वा बैंक ग्यारेण्टी लिर्इ अनुसूची–९ बमोजिमको ढाँचामा इजाजतपत्र दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम इजाजतपत्र दिँदा विभाग वा कार्यालयले इजाजतपत्रमा श्रम आपूर्तिकर्ताले पालना गर्नु पर्ने आवश्यक शर्तहरु उल्लेख गर्न सक्नेछ।
(३) उपनियम (२) बमोजिमको तोकिएका शर्तहरूको पालना गर्नु सम्बन्धित इजाजतप्राप्त श्रमिक आपूर्तिकर्ताको कर्तव्य हुनेछ ।
(४) उपनियम (१) बमोजिम निवेदन जाँचबुझ गर्दा इजाजतपत्र दिन मनासिब नदेखिएमा विभाग वा कार्यालयले सोको कारण सहितको लिखित जानकारी सातदिन भित्र निवेदकलाई दिनु पर्नेछ।
(५) यो नियमावली प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेका श्रमिक आपूर्तिकर्ताले यो नियमावली प्रारम्भ भएको छ महिनाभित्र श्रमिक आपूर्तिकर्ताको इजाजतपत्र लिनु पर्नेछ।